इन्जिनियर दुवाल सम्मानित

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/म-1024×459.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/म-768×344.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/म-1536×688.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/06/म.jpg 2000w” sizes=”(max-width: 500px) 100vw, 500px” />
सरकारले भक्तपुरका इन्जिनियर कृष्णभक्त दुवाललाई सम्मान गरेको छ । लामो सयमदेखि युवा उद्यमी तथा व्यवसायीलाई आन्टप्रोनर्स (स्वावलम्बी) बनाउनगरेको योगदानको कदरस्वरूप युवा तथा खेलकुद मन्त्रालयले उनलाई सम्मान गरको हो । मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले इन्जिनियर दुवाललाई प्रशंसपत्र प्रदान गरी सम्मान गरेका हुन् ।

उद्योग व्यवसायको क्षेत्रको विकासबाट मात्र राष्ट्रको समुन्नत विकासमा टेवा पुग्ने र इन्जिनियर दुवालले यसका लागि गरेको कामको कदर गर्दै सम्मान गरेको जनाइएको छ । युवा वर्गलाई यस क्षेत्रमा क्रियाशील गराउन दुवालको भूमिका प्रेरणादायी रहेकाले सम्मान गरेको सम्मानपत्रमा उल्लेख छ ।

इन्जिनियर दुवाल युवा व्यवसायी हुन् । उनी नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत पनि हुन् । आफू र युवा वर्गलाई नयाँंनयाँं व्यापार व्यवसाय संलग्न गराउन उनी निरन्तर क्रियाशील छन् ।

कमेन्ट गर्नुहोस्