
एमाले सांसद कृष्णगोपाल श्रेष्ठले १४ असारमा बजेट निर्माणमा अनधिकृत मान्छे सहभागी भएको सिसिटिभी फुटेज अविलम्ब सार्वजनिक गर्न माग गरेका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा वर्तमान अर्थमन्त्री जनार्दन शर्माले १४ असारमा अनधिकृत मान्छे सहभागी गराई बजेट बनाएकाले अर्थमन्त्रीले तत्काल राजीनामा दिन माग गरे ।
एमाले अर्थमन्त्री भरतमोहन अधिकारीको पालामा बजेटमा भएको मानवीय त्रुटिका कारण तत्कालीन अर्थ सचिवले राजीनामा दिएको उनले बताए । यस्तै, पूर्वअर्थमन्त्री डा.रामशरण महतले पनि बजेटका विषयमा सांसदहरूले प्रश्न उठाएपछि आफूले तत्काल राजीनामा दिएको उल्लेख गर्दै अहिलेका अर्थमन्त्री शर्मालाई पनि राजीनामा दिन माग गरे ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/06/krishna-gopal-shrestha-e1654668916400.webp 650w” sizes=”(max-width: 442px) 100vw, 442px” />





