सिमकोट गाउँपालिको बजेट ५३ करोड ७५ लाख

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/simkot.webp 768w” sizes=”(max-width: 500px) 100vw, 500px” />

सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को अनुमानित आय–व्यय बजेट सार्वजनिक गरेको छ । गाउँपालिको उपप्रमुख शुसिला रोकायालले ५३ करोड ७५ लाख ८२ हजार ६ सय ३१ रुपैया अनुमानित बजेट सार्वजनिक गरेका हुन् ।

त्यस्तै सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानमा समानीकरण अनुदान २१ करोड ९ लाख ३९ हजार, सःशर्त अनुदान ३२ करोड २६ लाख ३३ हजार २ सय २९ रुपैया अन्य संघ संस्था बाट ४ लाख १० हजार २ सय रुपैया बजेट पारित भएको बताइएको छ ।

चालु तर्फबाट ३४ करोड ६३ लाख ९३ हजार ५ सय ५ रुपँया र पुँजीगत १९ करोड ११ लाख ८९ हजार १सय २६ रुपैया अनुमानित रकम प्रस्तुत गरिएकाे छ ।

आर्थिक विकासमा २ करोड ७३ लाख,सामाजिक विकासमा २४ करोड ७२ लाख ९३ हजार २ सय २९ रुपैया, भौतिक पूर्वधारमा ९ करोड ८८ लाख ९० हजार, वन वातावरण तथा विपत व्यास्थपनमा २ करोड ५० लाख,सुशासन तथा संगठन विकासमा १३ करोड ९० लाख ९९ हजार ४ सय २ रुपैया विनियोजित गरिएका गरेको उपाध्यक्ष रोकायाले बताए ।

कमेन्ट गर्नुहोस्