सप्तरीका पाँच स्थानीय तहले अझै गर्न सकेनन् गाउँ तथा नगरसभा

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/palika-budget-1024×541.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/palika-budget-768×406.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/palika-budget.jpg 1536w” sizes=”(max-width: 500px) 100vw, 500px” />

सप्तरीका १८ मध्ये मा १३ स्थानीय तहले नगर तथा गाउँसभा सम्पन्न गरेको छ । उनीहरूले आर्थिक बर्ष २०७९/०८० को बजेट, नीति तथा कार्यक्रम पारित गर्दै शुक्रबार एकसाथ गाउँ नगर सभा सम्पन्न गरेका हुन् ।

तर, बाँकी पाँच स्थानीय तहले भने गाउँ नगर सभाको मिति समेत तय गरेका छैनन् । यहाँको सप्तकोशी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका बोदेबर्साइन नगरपालिका, महादेवा गाउँपालिका र बलान विहुल गाउँपालिकाले गाउँसभा गर्न  सकेको छैनन् ।

तयारी नपुगेकोले गाउँ तथा नगरसभा गर्न केही ढिलो हुने जनप्रतिनिधिहरूले बताएका छन् । यद्यपि, तीव्रताको साथ तयारी भइरहेको दाबी गरेका छन् । सरकारले १० असारभित्र गाउँ तथा नगरसभा सम्पन्न गरिसक्नु पर्ने सर्कुलर जारी गरे पनि यी स्थानीय तह असफल भएका छन् ।

कमेन्ट गर्नुहोस्