
घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० नीति योजना कार्यान्वयनका लागि २ अर्व ३२ करोड ९० लाख ९१ हजार विनियोजन गरेको छ । उपमहानगरपालिकाको ११ औं नगरसभामा उपप्रमुख हुमा डिसीले आगामी आर्थिक वर्षका लागि उक्त बजेट शुक्रबार सार्वजानिक गरेका हुन् ।
विनियोजित बजेटमध्ये उपमहानगरपालिकाले १ अर्ब, २५ करोड ४१ लाख ८१ हजार अर्थात कुल बजेटको ५३.८५ प्रतिशत चालूगत र १ अर्ब ७ करोड ४९ लाख १० हजार अर्थात कुल बजेटको ४६. १५ प्रतिशत बजेट पुँजीगत तर्फ विनियोजन गरेको छ ।
आन्तरिक आय तर्फ ३२ करोड, वित्तिय समानीकरण अनुदानतर्फ ३५ करोड ९५ लाख , राजश्व बाँडफाँडतर्फ २५ करोड ७६ लाख ५८ हजार, संघीय राजश्व बाँडफाँटतर्फ ७ लाख संघीय सशर्त अनुदानतर्फ ७१ करोड, २ लाख, समपूरक अनुदानतर्फ १ करोड र विशेष अनुदानतर्फ २ करोड रुपैया विनियोजन गरेको हो ।
त्यस्तै प्रदेश सरकार समानीकरण अनुदानतर्फ १ करोड, ६७ लाख २५ हजार, राजश्व बाँडफाँडतर्फ ४ करोड ४४ लाख ५७ हजार अनुदानतर्फ १ करोड ६० लाख, समपूरक अनुदानबाट ३ करोड र विशेष अनुदान ८० लाख रुपैयाँ विनियोजन गरिएको छ । जसमा अपुग हुन आउने रकम ५३ करोड ५८ लाख ५१ हजार गत आर्थिक वर्षको बैंक मौज्दातबाट उपमहानगरपालिकाले व्यहोर्ने समेत बजेट वक्तव्यमार्फत उपमहानगरपालिकाले सार्वजनिक गरेको हो ।