केपी ओलीले भने : भद्दा, भ्रष्ट र राज्यशक्तिको दुरुपयोग गरेको निर्वाचन यसपटक देखेँ

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/KP_Sharma_Oli_OP-1-1-1024×597.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/KP_Sharma_Oli_OP-1-1-768×448.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/KP_Sharma_Oli_OP-1-1-368×216.jpg 368w, arthasanjal.com/wp-content/uploads/2022/06/KP_Sharma_Oli_OP-1-1.jpg 1200w” sizes=”(max-width: 500px) 100vw, 500px” />

सरकारले स्थानीय तह निर्वाचनमा राज्यशक्तिको दुरुपयोग गरेको प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले आरोप लगाएका छन् । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले राज्यशक्तिको दुरुपयोग गरेको आरोप लगाएका हुन् ।

राज्यशक्तिको दुरुपयोग गर्दै भद्दा र भ्रष्ट तरिकाबाट निर्वाचन गराएको ओलीको आरोप छ । ‘मैले २०१५ सालदेखिको निर्वाचन देखेको छु । पछि यता लामो समयदेखि चुनाव लड्दा अहिलेसम्म यति भद्दा, यति राज्यशक्तिको दुरुपयोग गरिएको, यति भ्रष्ट निर्वाचन, पैसाको खोलो बगाएको अहिलेसम्म देखेको थिइनँ,’ ओलीले भने, ‘यसपटक त्यो तहसम्म पुगेको छ ।’

कमेन्ट गर्नुहोस्