तरकारी र फलफूलको आजको भाउ

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/tarkari-1024×685.jpeg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/tarkari-768×514.jpeg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/tarkari.jpeg 1280w” sizes=”(max-width: 449px) 100vw, 449px” />
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ । आज शुक्रबार आज रातो आलु प्रतिकेजी ४६ रुपैयाँ रहेको छ । यसको अधिकतम मूल्य ४८ रुपैयाँ रहेको छ ।

मुढेँको आलुपनि ३६ रुपैयाँ प्रतिकेजी रहेको छ । सुकेको प्याज ३८ रुपैयाँ प्रतिकेजी रहेको छ भने लोकल बन्दा ६० रुपैयाँ केजी रहेको छ ।
स्थानीय काउली ५० रुपैयाँमै पाइन्छ । यी थोक मूल्य विवरण कालीमाटी तरकारी तथा फलफूल विकास समितिले दिएको हो । बाहिर खुद्रा बजारमा अझै केही फरक पर्न सक्छ ।

लाम्चो भन्टा १८, डल्लो भन्टा ३० रुपैयाँ, तने बोडी ४०, घिउसिमी ५०, राजमा ९० टाटेसिमी १८०, भटमास कोसा १५०, घिरौला ५०, चिचिण्डो २०, स्कुस ९० रुपैयाँ प्रतिकेजी रहेको छ । यस्तैगरी च्याउ कन्ये २४० रुपैयाँ प्रतिकेजी तोकेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ । चुकुन्दर ७० रुपैयाँ प्रतिकेजी रहेको छ भने बन्दा रातो १२० रुपैयाँ रहेको छ । तामा १२० रुपैयाँ रहेको छ ।

कमेन्ट गर्नुहोस्