मूल्यवृद्धि लगातयका मुद्दालाई लिएर एमालेले जनवर्गीय संगठनलाई आन्दोलनमा उतार्ने

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/UML-1-768×461.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/UML-1-770×463.jpg 770w, arthasanjal.com/wp-content/uploads/2022/06/UML-1.jpg 1024w” sizes=”(max-width: 500px) 100vw, 500px” />

प्रमुख प्रतिपक्षी नेकपा एमालेले अस्वाभाविक मूल्यवृद्धि, मल अभाव र पुस्तक अभावजस्ता जनसरोकारका मुद्दालाई लिएर जनवर्गीय संगठनहरुमार्फत आन्दोलन चर्काउने भएको छ ।

एमाले जनसंगठन समन्वय संयन्त्रको बिहीबार पार्टी कार्यालयमा बसेको बैठकले जनताको दैनिक समस्या विकराल बन्दै गएकाले सरकारविरुद्ध आन्दोलनमा जाने निर्णय गरेको संयन्त्रका संयोजक भानुभक्त ढकालले जानकारी दिए ।

विशेषगरी एमालेले सरकार छाडेको एक वर्षभित्रमा मूल्यवृद्धि तेब्बरसम्म भएको र सर्वसाधारण बाँच्नसमेत नसक्ने अवस्था आएकाले आन्दोलनमा जानुको विकल्प नरहेको एमालेको ठहर छ ।

एमालेका २२ वटा जनसंगठनका प्रमुखहरूसहितको बैठकले मुद्दा अनुसार संयुक्त आन्दोलन वा सम्बन्धित संगठनले एकल आन्दोलन गर्ने निर्णय भएको बताइएको छ ।त्यस्तै राष्ट्रियताको मुद्दामा समेत सरकार आत्मसमर्पणवादी भएकाले खबरदारी गर्नुपर्ने भएको नेता ढकालले बताए ।

कमेन्ट गर्नुहोस्