अफगानिस्तानमा भूकम्पमा परी सयौंको ज्यान गएकोमा नेपालद्वारा दुःख व्यक्त

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/g-4-1024×575.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/g-4-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/g-4-1536×863.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/06/g-4.jpg 1600w” sizes=”(max-width: 500px) 100vw, 500px” />

 नेपालले बुधबार अफगानिस्तानमा गएको भूकम्पमा परी सयौंको ज्यान गएकोमा दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटर मार्फत अफगानिस्तानमा गएको भूकम्पमा परी सयौंको ज्यान गएकोमा दुःख व्यक्त गरेको हो ।

‘विनाशकारी भूकम्पमाका कारण अफगानिस्तानमा थुप्रैको ज्यान गुमाएकोमा नेपाल दुःख व्यक्त गर्दछ । हामी शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं,’ परराष्ट्र मन्त्रालयले भनेको छ ।

यस दुःखद घडीमा नेपाली जनता अफगानिस्तानका जनतासँगै रहेको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्