उडान रोक्ने निर्णयबाट पछि हटे वायु सेवा सञ्चालक

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/bayu-sewa-1-1024×640.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/bayu-sewa-1-768×480.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/bayu-sewa-1.jpg 1050w” sizes=”(max-width: 480px) 100vw, 480px” />

वायु सेवा सञ्चालक संघले बुधबार (आज)देखि आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णय फिर्ता लिएको छ । हवाई सेवा कम्पनीहरूले आज बिहान ११ बजेबाट आन्तरिक उडानहरू नियमित हुने जानकारी दिएका छन् ।

बुद्ध एयरले ट्विट गरेर बुधबार बिहान ११ बजेदेखि उडानहरू सुचारु हुने जानकारी दिएको छ ।

यती एयरलाइन्सले ट्विट गरेर अनिश्चितकालका लागि स्थगित भएका सम्पूर्ण उडानहरू नियमित हुने जानकारी दिएको छ । श्री एयरलाइन्सका अनिल मानन्धरले पनि आज बिहान ११ बजेदेखि हवाई उडान नियमित हुने बताए ।

वायु सेवा सञ्चालक संघले विभिन्न मागहरू राख्दै बुधबारदेखि अनिश्चितकालका लागि आन्तरिक उडान रोक्ने निर्णय गरेको थियो । त्यसलगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरण र वायु सेवा सञ्चालकहरूबीच वार्ता भएको थियो । गृह मन्त्रालयको समन्वयमा भएको वार्तामा उडान रोक्ने निर्णयबाट वायु सेवा सञ्चालक पछि हटेका थिए ।

वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले प्राधिकरणसँगको वार्तामा बुधबार बिहान ११ बजेदेखि उडान सुरु गर्ने र आफूहरूका मागको विषयमा छलफल पनि जारी राख्ने सहमति भएको बताए ।

कमेन्ट गर्नुहोस्