बेलायतको राजगद्दीमा दोस्रो वरियतामा रहेका विलियमल जुनको सुरुमा वेस्ट मिनिस्टर स्ट्रिटमा पत्रिका बेचेका देखिन्थे । एक सम्भावित नयाँ ग्राहकले आफूसँग म्यागेजिन किन्न ५ डलर नभएको बताएपछि, राजकुमारले लेनदेनमा सजिलो होस भनेर इलेक्ट्रोनिक मोबाइल क्रेडिट कार्ड मेसिन निकालेका थिए ।
उनकी दिवंगत आमा राजकुमारी डायना जस्तै विलियम पनि घरबारविहीन समुदायलाई लामो समयदेखि सहयोग गर्दै आएका छन् । घरबारबिहीनहरुको अवस्था बुझ्न किशोरावस्थामा उनी एक दिन लन्डनको एउटा सडकमा रात बिताएका थिए ।
‘म ११ वर्षको हुँदा मेरी आमासँग घरबारविहीन आश्रयमा गएँ’, सोमबारको अंकमा उनले लेखेका छन् । सन् १९९७ मा पेरिसमा कार दुर्घटनामा मृत्यु भएकी राजकुमारी डायनाले घरबारविहीनता, एड्स, कुष्ठरोग र बारुदी विस्फोटलगायत अन्य कारणहरूका बारेमा चेतना जगाउने परोपकारी संस्थाहरूको लागि काम गरेकी थिइन् ।