गठबन्धन बनाउने र भत्काउने फुर्सद एमालेलाई छैन : विष्णु पौडेल

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/Bishnu-Paudel-1.jpeg 725w” sizes=”(max-width: 453px) 100vw, 453px” />

प्रमुख विपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफूहरुसँग गठबन्धन बनाउने र गठबन्धन भत्काउने कुनै फुर्सद नभएको बताएका छन् । रिटर्नी फेडेरेसन नेपाल लुम्बिनी प्रदेश भेलालाई शनिबार बुटवलमा सम्बोधन गर्दै उनले केही दलका नेताले आफूलाई एमालेले प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्दै नेपाली कांग्रेससँग बार्गेनिङ गरिरहेको उल्लेख गरे।

उनले एमालेले अहिलेका कुनैपनि दलका नेतालाई प्रधानमन्त्री स्वीकार नगर्ने समेत बताए । ‘एमालेले अहिलेका कुनैपनि दलका नेताहरूलाई प्रधानमन्त्री स्वीकार गर्दैन, कसैसँग गठबन्धन गरेर, अहिलेको गठबन्धन भत्काएर छुपारूष्टम गर्ने फुर्सद पनि छैन,’ पौडेलले भने।

उनले नेकपाको दुईतिहाईको सरकार गिराएर विपक्षीको शरणमा जानेहरूलाई प्रधानमन्त्री स्वीकार गर्ने, उनीहरूसँग गठबन्धन हुने कुनैपनि गठबन्धन नहुने दोहोर्‍याउँदै उनले त्यस्तो भ्रमको पछाडी नलाग्न आग्रह गरे।

एकातर्फ महागठबन्धन र अर्कोतर्फ एमाले एक्लै निर्वाचनमा लड्दा पनि मतको हिसाबले अहिलेपनि एमाले पहिलो दल बनेको दाबी गर्दै पौडेलले आगामी निर्वाचनमा एमाले मत र सिटको हिसाबले पनि पहिलो दल बन्ने ठोकुवा गरे।

उनले एमालेसँग एक्लै निर्वाचन लड्ने हिम्मत नभएर देशव्यापी रूपमा पाँचदलिय गठबन्धन गरेको भन्दै त्यतिले मात्र पनि नपुगे आगामी निर्वाचनमा अरू दलहरूसँग पनि महागठबन्धन गरेर जान विपक्षी सत्तापक्ष दलहरुलाई व्यंग्य गरे।

पौडेलले एमाले हार्दा देश र जनता दुबैले हार्ने उल्लेख गर्दै एमालेलाई हार्ने छुट समेत नभएको बताए।

कमेन्ट गर्नुहोस्