१२ वर्षे बालिका बलात्कार गर्ने तीन बालक पक्राउ

Share:
arthasanjal.com/wp-content/uploads/2022/05/Rape-368×216.jpg 368w, arthasanjal.com/wp-content/uploads/2022/05/Rape.jpg 600w” sizes=”(max-width: 500px) 100vw, 500px” />

बालिका बलात्कारको आरोपमा तीन किशोर पक्राउ परेका छन् । बझाङको बुंगल नगरपालिका वडा नम्बर १ की १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाँउका तीन जना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले सोही ठाँउका १४, १५ र १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो । जेठको दोस्रो साता बालिकाका आमाबुबा रोपाइँमा गएको बेला तीनै जनाले सामूहिक बलात्कार गरेको आरोप छ ।

बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि सोधपुछ गर्दा बलात्कार भएको बताएपछि जाहेरी दिन ढिलाइ भएको पीडितले जनाएको छ । बलात्कार गरेको कुरा कसैलाई भनेमा मार्ने धम्की दिएको पीडित पक्षको भनाइ छ । उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्