संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलले संसदमा घोषणा गरेको पुराना जहाज खरीद गर्ने समय घटाउने विषयप्रति वायुसेवा कम्पनीहरुले आपत्ति नाएका छन् । उनीहरुले मन्त्रीले स्वच्छाचारी, अव्यवहारीक तथा तर्कहीन अभिव्यक्ति भएको भन्दै यसलाई कार्यान्वयन नगर्न÷नगराउन भन्दै प्रधानमन्त्रीलाई पत्र नै लेखेका छन् ।
वायुसेवा सञ्चालक संघका अध्यक्ष क्या. रामेश्वर थापाले संवाद नै नगरी मन्त्रीबाट एकतर्फी अभिव्यक्ति दिइएको बताए । यसअघि १ असारमा संसदमा बोल्दै मन्त्री आलेले प्रेसराइज जहाज १० वर्ष र ननप्रेसराइज जहाज १५ वर्ष पुरानो भएपछि किन्न नपाउने गरी सरकारले नियम बनाउन लागेको बताएका थिए । अहिले यस्तो नियम १५ र २० वर्ष रहेको छ ।
क्या. थापाले जहाजको हरेक पार्टपूर्जाको निश्चित साइकल तथा अवधि हुने भन्दै अन्तर्राष्ट्रिय मापदण्डको अक्षरस पालना गरिएको समेत जनाएका छन् ।