प्रहरी महानिरीक्षक सिंहबाट विभिन्न कार्यालयको कार्यालय निरीक्षण

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/igp-dhiraj-pratap-1-1024×541.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/igp-dhiraj-pratap-1-768×406.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/igp-dhiraj-pratap-1.jpg 1280w” sizes=”(max-width: 500px) 100vw, 500px” />

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयस्थित विभिन्न कार्यालयको शुक्रबार निरीक्षण गरेका छन् । सो क्रममा उनले कार्य विभाग र अपराध अनुसन्धान विभाग तथा मातहत निर्देशनालय, महाशाखा, सशस्त्र प्रहरी गण नम्बर १, केन्द्रीय प्रहरी विशेष कार्यदल, डिजिटल फरेन्सिक ल्याब, डाटा सेन्टर लगायतका कार्यालयहरूको निरीक्षण गरेका थिए ।

निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक सिंहले प्रत्येक कार्यालयको गतिविधि एवं दैनिक काम कारबाहीबारे जानकारी लिएका थिए । साथै उनले प्रत्येक कार्यालयहरूको काम कारबाहीलाई अझ बढी प्रभावकारी बनाउनका लागि आवश्यक  सुझाव समेत दिउका थिए ।

निरीक्षणका क्रममा प्रहरी महानिरीक्षक सिंहलाई सम्बन्धित विभाग, महाशाखा लगायतमा कार्यरत प्रहरी कर्मचारीहरुले आ–आफ्नो कार्यालयको काम एवं गतिविधिबारे जानकारी गराएका थिए ।

कमेन्ट गर्नुहोस्