चिनीको अस्वभाविक मूल्यवृद्धिबारे व्यापारीसँग स्पष्टीकरण माग

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/Banijya-Bibhag-1024×512.jpeg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/Banijya-Bibhag-768×384.jpeg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/Banijya-Bibhag.jpeg 1440w” sizes=”(max-width: 500px) 100vw, 500px” />

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको अस्वभाविक मूल्य वृद्धिको कारण पेश गर्न व्यपारीलाई निर्देशन दिएको छ । भारतले चिनी निर्यातमा रोक लगाएसँगै बजारमा चिनीको मूल्य ह्वात्तै बढेपछि विभागले चिनी उत्पादक तथा व्यापारीलाई बोलाएर मूल्य बढ्नुको कारण सोधेको हो ।

चिनीको मूल्यबारे धेरै गुनासो आएपछि बजारमा चिनीको उपलब्धता र मूल्यबारे जानकारी माग गरेको विभागका महानिर्देशक लिलाप्रसाद शर्माले बताए । ‘चिनी उत्पादक, साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग यसबारे छलफल गरेका थियौं,’ महानिर्देशक शर्माले भने, ‘सरकारी कम्पनीसँग चिनी नभएको पाइयो । निजी क्षेत्रका उत्पादक र व्यापारीले लागत बढेको बताएपछि कारण माग गरेका छौं ।’

छलफलका क्रममा बजारमा चिनीको अभाव नहुने भए पनि मूल्य बढ्नुको कारण लागत बढ्नु भएको दाबी व्यापारीले गरेको शर्माले बताए । केही दिन अघिसम्म ९५ रुपैयाँ किलो रहेको चिनीको बजार मूल्य प्रतिकिलो ११० रुपैयाँसम्म पुर्‍याइएको छ ।

कमेन्ट गर्नुहोस्