बाढी र पहिरोका कारण आज यी सडक छन् अवरुद्ध

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/Kachchi-Sadak-1024×576.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/Kachchi-Sadak-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/Kachchi-Sadak-1536×864.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/06/Kachchi-Sadak.jpg 1920w” sizes=”(max-width: 500px) 100vw, 500px” />

बाढी र पहिरोका कारण देशका विभिन्न स्थानामा सडकहरु अवरुद्ध भएका छन् । लमजुङको बेसिशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा गएराति पहिरो जाँदा सडक अवरोध भएको छ । अस्थायी प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङस्थित सडकमा शुक्रबार बिहान पहिरो जाँदा बेनी–जोमसोम सडकखण्ड अवरोध भएको छ । अस्थायी प्रहरी पोष्ट तिप्ल्याङबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्थित बेलचौतारा–भिमाद भित्री सडकखण्डको स्याउली बजारमा नयाँ बनाउँदै गरेको रोडमा वर्षाको कारण खाडल परी गएराति सडक अवरोध भएको छ ।

इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । नवलपरासी (पूर्व)को बिनयी त्रिवेणी गाउँपालिका–१ स्थित पूर्व पश्चिम राजमार्गमा पुल निर्माणको लागि बनाइएको डाइभर्सन गएराति बगाएपछि सडक अवरोध भएको छ ।

इलाका प्रहरी कार्यालय नयाँबेलहनीबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । बाढी तथा पहिरो गएको स्थानमा तत्काल खटिएको प्रहरी आवश्यक उद्धार कार्य समेत गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्