ह्विस्कीको नसामा एसपीपीमा हस्ताक्षर गराउलान्, सचेत रहनुहोस्: नेपाल

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/Madhav-Kumar-Nepal-1-1024×576.webp 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/Madhav-Kumar-Nepal-1-768×432.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/06/Madhav-Kumar-Nepal-1.webp 1200w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)मा हस्ताक्षर गराउन प्रयास गर्लान भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराएका छन । संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा आफनो धारणा राख्दै अध्यक्ष नेपालले ‘ह्वस्किी’ खुवाएर सम्झौता गराउने आशंका गर्दै प्रधानमन्त्री देउवालाई सचेत गराएका हुन ।

अमेरिकन सरकारले देउवालाई भुलभुलैयामा पारेर हस्ताक्षर गराउन सक्ने खतरा अझै रहेको तर्फ नेपालको आशंका कायमै छ । ‘मिठो पारामा फकाएर ह्विस्की खुवाएर हस्ताक्षर गरिएला ख्याल गर्नुहोला’ नेपालको भनाई छ । अध्यक्ष नेपालले प्रधानमन्त्री देउवालाई सो बारेमा जानकारी माग गरेको पनि बैठकमा बताएका छन ।

‘मैले प्रधानमन्त्रीलाई सोध्दा उहाले एसपीपीमा हस्ताक्षर गर्दिन कसैले भने पनि म गर्दिन भनेर भन्नू भो । यसो हेर्दा उहाँ अडानमा हुनुहुन्छ । उत्तरी सिमामा सैन्य गतिविधि हुन दिन्न भनेर प्रधानमन्त्रीले भन्नुभएको छ, त्यसमा म आश्वास्त भएको छु । कुनै पनि मुलुकको दववा स्वीकारिदैन । यस सम्झौतमा हाम्रो असहमति छ’ नेपालले बैठकमा भने । बैठक जारी छ।

कमेन्ट गर्नुहोस्