केपी ओली सरकारकै पालमा सेनाले पठाएको थियो ‘एसपीपी’मा सहभागी हुन पत्र (पत्रसहित)

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/rajendra-kshetri-final-768×457.png 768w, arthasanjal.com/wp-content/uploads/2022/06/rajendra-kshetri-final.png 869w” sizes=”(max-width: 500px) 100vw, 500px” />

चर्चामा रहेको स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी) मा साझेदारीका लागि नेपाली सेनाले अमेरिकालाई पत्र पठाएको खुलासा भएको छ । एसपीपीमा संलग्न हुन तत्कालिन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेर पत्र पठाएको खुलासा भएको हो ।

केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला नेपाली सेनाले सन् २०१५ अगस्ट २७ मा (२०७२ कात्तिक १० गते) पठाएको पत्र सार्वजनिक भएको छ । ओली २०७२ असोज २५ गते तत्कालीन व्यवस्थापिका संसद्‌मा भएको निर्वाचनबाट प्रधानमन्त्री निर्वाचित भएका थिए भने भोलिपल्ट सपथ लिएर उनले कार्यभार सम्हालेका थिए।

पत्र पठाउँदा नेपाली सेनासँग सम्बन्धित मन्त्रालय रक्षा मन्त्रालयको जिम्मेवारी पनि ओलीले नै सम्हालेका थिए। प्रधानसेनापति क्षेत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी टेप्लिजलाई पत्रमा एसपीपीमा सहभागिताका लागि आग्रह गरेका छन्।

यसअघि नेपाली सेनाले एसपीपी सम्झौताको प्रक्रियामा नेपाली सेना सहभागी नभएको र नहुने दाबी गर्दै आएको थियो । एसपीपीमा नेपालको संलग्नता नभएको सरकार र सेनाको दाबी भइरहेका बेला सेनाले पठाएको पत्र नै सार्वजनिक भएपछि यो विषयमा नयाँ ट्वीस्ट आएको छ ।

बुधबार साँझ मात्रै नेपाली सेनाले विज्ञप्ति जारी गर्दै एसपीपी सम्बन्धी कुनैपनि सम्झौता र समझदारी नभएको बताएको थियो । बिहीबारै प्रतिनिधि सभामा गृहमन्त्री बालकृष्ण खाँणले पनि सरकार एसपीपीमा सहभागी नभएको र नहुने बताएका थिए ।

                     

कमेन्ट गर्नुहोस्