वायु प्रदूषणले दिल्लीमा १० वर्ष र लखनउमा ९ वर्ष आयु घटायो

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/delhi1636856388-768×415.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/delhi1636856388.jpg 1024w” sizes=”(max-width: 500px) 100vw, 500px” />
वायु प्रदूषण मानव स्वास्थ्यको लागि सबैभन्दा गम्भीर खतरा हो । भारतमा यस्तोे खतरा अझै उच्च देखिन्छ । शिकागो विश्वविद्यालय (इपीआइसी)को ऊर्जा नीति संस्थानका अनुसार दिल्ली संसारको सबैभन्दा प्रदूषित सहर हो  । वायु प्रदूषणले दिल्लीमा लगभग १० वर्ष र लखनउमा साढे ९ वर्ष आयु घटाएको छ ।
एयर क्वालिटी लाइफ सूचांकअनुसार इन्डो–गंगाको मैदान संसारको सबैभन्दा प्रदूषित क्षेत्र हो । वर्तमान प्रदूषण स्तर जारी रहे पञ्जाबदेखि पश्चिम बंगालसम्म आधा अर्बभन्दा बढी मानिसहरूले औसत ७ दशमलब ६ वर्षको आयु गुमाउनेछन् ।

यसको विपरित बाल र मातृ कुपोषणले औसत आयु लगभग १ दशमलब ८ वर्ष र धुम्रपानले १ दशमलब ५ वर्षले घटाएको छ । प्रदूषणका कारण दिल्ली र लखनउमा फोक्सो र श्वासपश्वासका विरामी बढेका छन् ।

कमेन्ट गर्नुहोस्