निगुरो टिप्न गएकी युवतीलाई बाघले बनायो बेपत्ता

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/bagha-768×501.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/06/bagha.webp 800w” sizes=”(max-width: 460px) 100vw, 460px” />

चितवनमा निगुरो टिप्न जाँदा बाघको आक्रमणमा परी एक युवती बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–२७ की २३ वर्षीया रेखा बस्नेतलाई आज बिहान बाघले आक्रमण गरेको हो ।

स्थानीय राधाकृष्ण सामुदायिक वनमा निगुरो टिप्न गएकामध्ये उनलाई बाघले आक्रमण गरको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार बाघले जङ्गलतर्फ लगेको भन्ने सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेनासहितको टोलीले खोजीकार्य जारी राखेको छ ।

हराइरहेका बस्नेतको खोजीका लागि निकुञ्जबाट हात्ती मगाइएको उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्