१६ किलो गाँजासहित हेटौंडाबाट तीन जना पक्राउ

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/Gaja-Photo.JPG-1-1024×721.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/Gaja-Photo.JPG-1-768×541.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/Gaja-Photo.JPG-1-1536×1081.jpg 1536w” sizes=”(max-width: 426px) 100vw, 426px” />

प्रहरीले १६ किलो गाँजासहित मकवानपुरकाे हेटाैंडाबाट तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले हेटौंडा-१९ वस्तीपुरस्थित पूर्व पश्चिम राजमार्गअन्तर्गत मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना१ज १६५६ को माईक्रो बसलाई चेकजाँच गर्ने क्रममा माईक्रोमा सवार तीन जनालाई गाँजासहित पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा हेटौंडा-१९ का ४० वर्षीय किताबसिं गोले, राक्सिराङ गाउँपालिका वडा नम्बर १ का ३२ वर्षीय बिक्रमकुमार गोले र सोही ठाउँका ३४ वर्षीय कुमार घ्यावा रहेका छन् । पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर आवश्य अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक रामचन्द्र घिमिरेले बताए ।

कमेन्ट गर्नुहोस्