अर्थ मन्त्रीले साढे १० अर्ब बजेट काटिदिए :पर्यटन मन्त्री आले

Share:
arthasanjal.com/wp-content/uploads/2022/02/Prem_Ale_AoYGUEJNBR-1024×576.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/02/Prem_Ale_AoYGUEJNBR-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/02/Prem_Ale_AoYGUEJNBR-1536×864.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/02/Prem_Ale_AoYGUEJNBR.jpg 1920w” sizes=”(max-width: 500px) 100vw, 500px” />
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साढे १० अर्ब रुपैयाँ बजेट कटौती गरेको गुनासो गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री आलेले पटक–पटक आग्रह गर्दा पनि अर्थमन्त्री जनार्दन शर्माले पर्यटन मन्त्रालयको साढे १० अर्ब बजेट काटिदिएको गुनासो गरेका हुन् ।

बजेट कटौती गरिदिँदा स्थानीय तहसँग गरिएको साझेदारी कार्यक्रम प्रभावित हुने अवस्था सृजना भएको भन्दै उनले  बजेटको आकार बढ्दा पर्यटन मन्त्रालयको भने कटौती गरिएको बताए ।

बजेटको आकार ९.८ प्रतिशत बढ्ने, तर आफ्नो मन्त्रालयको बजेट भने ठूलो मात्रामा कटौती भएकै कारण पर्यटक भित्र्याउने कतिपय कार्यक्रमहरुलाई निरन्तरता दिन नसकिने उनको भनाइ छ ।

मन्त्री आलेले ६ महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरिसक्ने पनि बताएका छन् ।

कमेन्ट गर्नुहोस्