ओखलढुंगामा जंगली च्याउ खाँदा दुईको मृत्यु, दुई जना बिरामी

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/jangali-chyau-mashroom-768×508.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/jangali-chyau-mashroom.jpg 1000w” sizes=”(max-width: 453px) 100vw, 453px” />

ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ फुलवारी टोलमा जंगली च्याउँ खाँदा दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना बिरामी भएका छन् । जंगली च्याउ खाँदा मृत्यु हुनेमा चम्पादेवी गाउँपालिका–७ फुलवारी टोल बस्ने ९३ वर्षीया मनमाया बिष्ट र २४ वर्षीया ढक कुमारी बिष्ट रहेका छन् ।

आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका मनमाया बिष्ट, ढक कुमारी समेत एकै परिवारका ४ जना जेठ २८ गते बिरामी भएका थिए । त्यसपछि उनीहरुलाई उपचारको लागि मिसन अस्पताल ओखलढुङगा पठाइएको थियो ।

उपचारको क्रममा ढक कुमारीको सोही अस्पतालमा र मनमाया बिष्टको काठमाडौं शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य दुई जनाको काठमाडौं शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्