सत्ता पक्षकै सांसदले मागे एसपीपी सम्झौताबारे प्रधानमन्त्रीको जवाफ

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/samsad-parliment-meeting-final-768×440.png 768w, arthasanjal.com/wp-content/uploads/2022/06/samsad-parliment-meeting-final.png 1024w” sizes=”(max-width: 500px) 100vw, 500px” />

अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौताबारे संसद्मा सत्ता पक्षकैसांसदहरुले प्रधानमन्त्री शेरबहादृर देउवासँग जवाफ माग गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन थापाले नेपाल कुनै पनि सैन्य साझेदारीमा सहभागी हुन नसक्ने भन्दै एसपीपीबारे प्रधानमनमन्त्रीसँग जवाफ मा गर्नुभएको हो ।

बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै थापाले भने, ‘नेपाली सेना संलग्न हुने कुनै पनि साझेदारीमा नेपाल सहभागी हुन पाउँदैन र सक्दैन । नेपाली कांग्रेस र नेपाल यस्ता प्रकृतिको सम्झौतामा सहभागी हुन सक्दैन। प्रधानमन्त्रीले आजैको संसद्‌मा आएर जवाफ दिन सभामुखसँग माग गर्दछु।

उनले यस विषयमा समाचारहरू प्रशस्त आएका भन्दै विगतदेखिका रक्षामन्त्री सकारात्मक रहेको भनिएको पनि सुन्नमा आएकाले सदनमा जवाफ प्रष्ट आउनुपर्ने बताए। प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको समयमा सैन्य सम्झौता हुने भनी केही मस्यौदा सार्वजनिक भएको थियो । उक्त मस्यौदालाई लिएर अहिले विवाद सुरु भएको छ।
कमेन्ट गर्नुहोस्