शेयर बजारमा पहिरो, २ हजार बिन्दुबाट पनि तल

Share:

सेयर बजार आज मंगलबार पनि घटेको छ । बजार २ हजारको बिन्दुबाट तल झर्दै १९९६.२६ बिन्दुमा आएर रोकिएको छ । मंगलबार ३६.०७ अंकले घटेको सेयर बजार कारोबार रकम पनि मुस्किलले १ अर्ब नाघेको छ ।

यस दिन कुल २३२ कम्पनीको ३१ हजार ८०६ वटा कारोबारबाट ४१ लाख ४७ हजार २५५ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

दोहोरो अंकले घटेको बजारमा सबै उपसमूह राताम्य रह्यो । सबैभन्दा धेरै अन्य, निर्जीवन बीमा, वित्त र विकास बैंक समूहका लगानीकर्ताले गुमाएका छन् । मंगलबार आँधिखोला लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ८.१८ प्रतिशतले बढेर ४४८.४० रुपैयाँ पुगेको छ । एनएमबी ५० को सेयर मूल्य ४.१० प्रतिशतले बढ्दा माउण्टेन हाइड्रोको मूल्य ३.७२ प्रतिशतले बढेको छ ।

मंगलबार हिमालयन पावर पार्टनरको मूल्यमा ९.९९ प्रतिशतको पहिरो गयो । यसको मूल्य ३४४.३० रुपैयाँमा आएको छ । बलेफी हाइड्रोको मूल्य ८.१५ प्रतिशतले घटेर २७४ रुपैयाँ झरेको छ । शिवम सिमेन्टको मंगलबार सर्वाधिक कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्