भारतमा राष्ट्रपति चुनाव : अल्पमतमा बीजेपी, रणनीति बनाउन विपक्षी एक जुट

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/Soniaya_Gandi_Rahul_Gandi-OP-1024×620.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/Soniaya_Gandi_Rahul_Gandi-OP-768×465.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/Soniaya_Gandi_Rahul_Gandi-OP.jpg 1074w” sizes=”(max-width: 496px) 100vw, 496px” />

भारतमा नयाँ राष्ट्रपति चुन्न जुलाई १८ मा चुनाव हुँदैछ। विशेष कुरा के छ भने यस पटक एनडीएसँग जित्न पर्याप्त मत छैन । यस्तो अवस्थामा ममता बनर्जीले बोलाएको बैठकमा कांग्रेसको स्वीकृति ठूलो सङ्केत हो । आगामी महिना हुने राष्ट्रपति चुनावका लागि विपक्षी रणनीतिबारे छलफल गर्न पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले बुधबार दिल्लीमा बोलाएको बैठकमा कांग्रेसले भाग लिनेछ।

बैठकमा कांग्रेसबाट वरिष्ठ नेता मल्लिकार्जुन खर्गे, जयराम रमेश र रणदीप सिंह सुरजेवाला सहभागी हुनेछन् । यसका अलावा रालोद नेता जयन्त चौधरी पनि बैठकमा सहभागी हुनेछन् । पछिल्ला केही दिनदेखि राष्ट्रवादी कांग्रेसका शरद पवार सम्भावित उम्मेदवारमध्ये एक हुने संकेतहरू थिए। तर, पवारले आफू राष्ट्रपतिको दौडमा नरहेको बताएका छन् । एनडीटीभीका अनुसार विपक्षी नेताहरूको बैठक १५ जुनमा दिल्लीमा हुनेछ।

साउन १८ मा राष्ट्रपतिको निर्वाचन

हालका भारतीय राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल जुलाई २४ मा सकिँदैछ। भारतको अर्को राष्ट्रपतिको लागि जुलाई १८ मा चुनाव हुनेछ र मत परिणाम आउन तीन दिन लाग्ने जनाइएको छ । बीजेपी नेतृत्वको सत्तारूढ गठबन्धनसँग निश्चित जित सुनिश्चित गर्ने संख्या छैन। यस पटक चन्द्रशेखर रावले भाजपा विरुद्ध विपक्षी दलहरूलाई समर्थन गर्ने संकेत गरिसकेका छन् ।

कस्तो हुन्छ राष्ट्रपतिको चुनाव

राष्ट्रपतिको निर्वाचन इलेक्टोरल कलेजमा आधारित हुन्छ, जसमा विधायक र सांसदको मत मान्य हुन्छ। प्रत्येक विधायकको भोट मूल्य राज्यको जनसंख्या र विधानसभा सीटहरूको संख्यामा निर्भर गर्दछ। उदाहरणका लागि, कुल इलेक्टोरल कलेजको संख्या १०,८६,४३१ छ । ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुन्छन् । राष्ट्रपति चुनाव जित्न एनडीएसँग १३ हजारभन्दा कम मत छ ।

कमेन्ट गर्नुहोस्