
कार्यक्रममा संघका अध्यक्ष शिवप्रसाद मानन्धरले परियोजनासँग मिलेर अपांगता भएका व्यक्तिहरूका लागि रोजगारीको अवसर प्रदान गर्न सकिने विश्वास व्यक्त गरे । साथै, आगामी दिनमा यो क्षेत्रमा सहकार्य गर्दै अघि बढ्ने बताए ।
कार्यक्रममा परियोजनाका कार्यक्रम निर्देशक चिरञ्जिवी शर्माले कुनै पनि देशको विकास र उन्नति त्यो देशको उद्योग व्यापारको अवस्थाले प्रतिबिम्वित गर्ने भएकोले देशको समृद्धिमा उद्यमी व्यवसायीहरूको ठूलो योगदान रहने बताए । अपांगता भएका व्यक्तिहरू पनि देशका नागरिक भएकाले उनीहरूको कमजोरीलाई नभई क्षमता हेरेर समान अवसर प्रदान गरिनुपर्नेमा उनले जोड दिए ।
उनका अनुसार समावेशिताको अवधारणा तब मात्रै सार्थक हुने जब सबै नागरिकले समान अवसर प्राप्त गर्छन । संघका उपाध्यक्ष कृष्णमुरारी न्यौपाने पनि अपांगता भएका व्यक्तिको समानताको आवाज उठाए ।