सेभेरोदोनेत्स्क सहरको अन्तिम पुल ध्वस्त, हजारौँ नागरिक फसे

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/sena-3-768×402.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/sena-3.jpg 1024w” sizes=”(max-width: 500px) 100vw, 500px” />

रुसी सेनाले सेभेरोदोनेत्स्क सहरको अन्तिम पुल ध्वस्त पारेको छ । सेभेरोदोनेत्स्कमा रुसी र युक्रेनी सेनाबीचको भिडन्त भएको छ । ध्वस्त हुनुअघि उक्त पुल सर्वसाधारण नागरिकहरूको लागि निकासी मार्गको रूपमा काम गर्न सक्ने बताइएको थियो ।

क्षेत्रीय गभर्नर सर्गेई गैडाईले सहर जाने अन्तिम पुल भत्किएपछि बाँकी नागरिकहरू सहरमा फसेका र अहिले मानवीय सामग्री पुर्‍याउन असम्भव भएको बताए ।
युक्रेनले बारम्बार सेभेरोदोनेत्स्कको रक्षा गर्न पश्चिमा देशहरूसँग  हतियार माग गर्दै आएको छ ।

मस्कोले युक्रेनलाई पश्चिमी सहयोगको आलोचना गरेको छ । रुसले २४ फेब्रुवरीदेखि युक्रेनमा आक्रमण गरेको छ । युद्ध चौथो महिनामा चलिरहँदा रुसी फौज निश्चित सहर कब्जा गर्ने योजनामा छन् ।

कमेन्ट गर्नुहोस्