वाम एकताका पार्टी फुटाउने तयारीमा नारायणकाजी !

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/Narayankahi_Prachanda-OP-1024×576.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/Narayankahi_Prachanda-OP-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/Narayankahi_Prachanda-OP-1536×864.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/06/Narayankahi_Prachanda-OP.jpg 1920w” sizes=”(max-width: 500px) 100vw, 500px” />

 नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पक्ष तथा अन्य नेताहरुले वाम एकताका लागि दावव दिन थालेका छन् ।

नेताहरु श्रेष्ठ, वर्षमान पुनलगायत खुलेरै वाम एकताका लागि अभिव्यक्ति दिन थालेका छन् । यसै क्रममा नेता नारायणकाजीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता पनि गरेका छन् ।

त्यस्तै, उता वर्षमान पुन पनि निरन्तर एमालेका नेताहरुसँग सम्पर्कमा छन् । उनले खुलेरै चुनावमा वाम तालमेलको कुरा गर्दै आएका छन् । अध्यक्ष ओलीसँग देशका लागि वाम एकताको आवश्यकता रहेको भन्दै नेता श्रेष्ठले करिब २ घण्टा बढी समय वान टु वान वार्ता गरेका थिए ।

उनले अध्यक्ष ओलीलाई वाम एकताका लागि मार्ग खोल्न आग्रह गरेका बताइएको छ । उता माओवादी अध्यक्ष प्रचण्डलाई पनि वाम एकताका लागि दवाव दिइएको बताइएको छ ।

यदि नेतृत्वले नमाने नारायणकाजीले पार्टीभित्र जतिखेरै पनि विद्रोह गर्नेगरीको तयारीमा लागेका छन् ।

कमेन्ट गर्नुहोस्