यो हो विश्वकै ठूलो जाफा केक

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/jafa-cake.jpg-1024×576.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/jafa-cake.jpg-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/jafa-cake.jpg-1536×864.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/06/jafa-cake.jpg.jpg 1600w” sizes=”(max-width: 500px) 100vw, 500px” />
१६० किलो अन्डा, ८ किलो चकलेट र १५ किलो ओरेन्ज जेली  एकै ठाँउमा मिसाउँदा के बन्ला ? यसको उत्तर पनि सजिलो छ–विश्वकै सबैभन्दा ठूलो जाफा केक । पूर्वग्रेट ब्रिटिश बेक अफ विनर फ्रान्सिस क्विनले म्याक भिटीका कर्मचारीसँग मिलेर यस्तो केक तयार पारेकी हुन् । अन्य केकभन्दा सयौँ गुणा ठूलो उक्त केकको व्यास १७५ सेन्टिमिटर छ ।

क्विनले बेलायतको गट ट्यालेन्ट कार्यक्रमको १५औँ  वार्षिकोत्सवमा ८० किलो केक तयार गरेकी थिइन् । उनले भनिन्, ‘मैले पाँच वर्षअघि बनाएको कीर्तिमान तोड्नको लागि म्याकभिटीसँग साझेदारी गर्न पाउँदा एकदमै खुशी लागेको छ । यस्तो प्रतिष्ठित केकको साथ बेलायतको गट ट्यालेन्टको १५औँ जन्मदिन मनाउन पाउँदा ठूलो खुशी लाग्यो । ’

सन् २०१३ मा द ग्रेट ब्रिटिस बेक अफको चौथो शृंखला जित्ने सुश्री क्विनले २०१७ मा बनाएको आफ्नै गिनिज वल्र्ड रेकर्ड तोडेकी हुन् । झन्डै २ मिटर फराकिलो सो केक बनाउन ११ घन्टा लागेको थियो ।

कमेन्ट गर्नुहोस्