
एभरेष्ट बैंक र हिमालयन बैंकले ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका छन् । दुई छट्टा छुट्टै कम्पनीले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएका हुन ।
एभरेष्ट बैंकले उर्जा ऋणपत्र निष्कासन गर्नका लागि जेठ २४ गते र हिमालयन बैंकले जेठ २३ गते निवेदन दिएका हुन । एभरेष्ट बैंकले २० लाख कित्ताऋणण निष्कासन गर्नका लागि सेबोनमा निवदन दिएको हो । ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृती पाएपछि कम्पनीेले कुल २० लाख कित्ता मध्ये ८ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकीरहेको १२ लाख कित्ता ब्याक्तिगत तबरबाट विक्री गर्नेछ ।
आगामी १० वर्ष सम्मको लागि वार्षिक ५ दशमलव ५ प्रतिशत ब्याजदरमा उर्जा ऋणपत्र निष्कासन गर्न लागेको हो । विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । त्यसैगरी हिमालयन बैंकले २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेका लागि सेबोनमा निवेदन दिएको हो ।
सेबोनबाट स्वीकृती पाएपछि कुल कित्ता मध्ये १० लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको १५ लाख कित्ता ब्याक्तिगत तबरबाट विक्री गर्नेछ । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।