सांसद गंगा चौधरीले सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई ‘लिपस्टिक लगाएर सुन्दरी’ बन्ने भन्दै टिप्पणी गरेकी छिन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बजेटमाथिको विषयगत छलफलमा भाग लिने क्रममा उनी व्यक्तिगत टिप्पणीमा उत्रिएकी हुन् ।
उनले भनिन्, ‘सहरी मन्त्रीको कुरा थोरै जोड्छु । ओठमा लिपस्टिक लगाएर जति सुन्दरी बन्न चाहनुहुन्छ, त्योभन्दा धेरै स्मार्ट सिटी बनाउने दायित्व तपाईंसँग छ । आज काठमाडौं शहरमा दुर्गन्ध फैलिएको छ । तपाईंलाई त्यति पनि ज्ञान छैन भने घोराही उपमहानगरपालिकामा गएर हेर्नुहोस् । २० करोडको लगानीमा फोहरबाट वैकल्पिक ऊर्जा निकालिएको छ । काठमाडौंमा ४० करोड लाग्ला ।’
कागजको खोस्टोमा लेखेर सुन्दर शहर नबन्ने बताउँदै उनले आफू जस्तै सुन्दर सहर बनाउने दायित्व रहेको जिम्मेवार बोध गर्न मन्त्री झाँक्रीको ध्यानाकर्षण गराइन् ।
कमेन्ट गर्नुहोस्