धान त रोपौँला, तर मल के गर्ने सरकार ?

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/मल_छन-768×511.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/मल_छन.jpg 1000w” sizes=”(max-width: 450px) 100vw, 450px” />

ब्याडमा धानको बीउले म परिपक्क भएँ भन्ने बेला भइसक्यो । किसानहरु खेतमा पुगे । खेतालाहरुले आफ्नो अर्मपर्मको मिति तोक्न थालिसके । कुलो नहरमा पानी लगाउने पालो बाँडफाँड भइसक्यो । खेती गर्नको लागि किसानले सहकारी वा बैंकबाट नगद झिकिसके । तयारी लगभग तयार भइसक्यो तर बाँकी रहेको मलको भने अत्तोपत्तो छैन ।

भारतबाट ल्याइने भनिएको रासायनिक मलको ढुवानी कसले गर्ने भन्नेमा अलमल देखिँदा समयमै आपूर्ति हुनेमा शङ्का बढेको हो । कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुखले भारतको राष्ट्रिय केमिकल्स एन्ड फर्टिलाइजर लिमिटेडले यसअघि नेपालका गोदामसम्म सहमति जनाए पनि अहिले प्रतिबद्धताबाट पछि हटेको बताएका छन् । नेपालका कृषिमन्त्री महेन्द्र राय यादवले यसै साता भारत भ्रमण गरेर मलको चाँजोपाँजो मिलाएको बताइए पनि ढुवानीका निम्ति भारतकै कारखानामा पुग्नुपर्ने अवस्था रहेको दिल्लीस्थित नेपाली राजदूत शङ्कर शर्माले बताए ।

यो वर्ष भारतसँग डेढ लाख मेट्रिक टन रासायनिक मल किन्ने प्रयासका माझ कृषिमन्त्री महेन्द्र यादव दिल्ली भ्रमणमा गएका थिए । मन्त्री यादवले समकक्षी भारतीय मन्त्रीहरूसँग भेटेर चाँडो आपूर्तिको अनुरोध गरेका थिए । त्यसबारे प्रतिक्रिया सकारात्मक रहे पनि प्राविधिक जटिलता देखा परेको राजदूत शर्माले बताएका छन् ।

“भारतका मन्त्रीले भएको मौज्दातबाट सम्झौतामा भए अनुसारको मल पठाइदिने त्यसपछि हुने टेन्डरमार्फत् त्यसलाई सट्टा भर्ना गर्ने भन्ने निर्देशन कर्मचारीहरूलाई दिनुभएको छ,“ उनले भने ।

कृषि सामग्री कम्पनीका अधिकारीले अब मल आयातका लागि समयको पनि चर्को दबाव रहेको जनाएको छ । “हाम्रा कानुनी अप्ठ्याराहरू छन् । ७४ दिन लाग्छ, ४५ दिन त सूचना निकाल्नै लाग्छ। सूचनाको अवधि नै त्योभन्दा तल राख्न मिल्दैन । त्यसपछि १५ दिन सम्झौता गर्न आऊ भन्नुप¥यो । फेरि सात दिन, फेरि गर्दा ७४ दिन जान्छ,“ उनले भने ।

“त्यो भनेको त धानको मौसम गईवरि कामै छैन… यो मलको मतलबै भएन। त्यस कारण द्रुत प्रक्रियाबाट देऊ भनेका छौँ ।”

प्रत्येक वर्ष विश्वव्यापी टेन्डर गरेर रासायनिक मलको जोहो गर्दै आएको नेपालले आगामी दिनमा भारतसँगै सरकारी स्तरमा मल आपूर्तिको समझदारी गरेको छ । त्यसबमोजिम पाँच वर्षमा पाँच लाख मेट्रिक टन मल आपूर्ति हुने भनिएको छ ।

एक–दुई वर्षपछि भारतसँगै यथेष्ट अतिरिक्त मल उपलब्ध हुने र नेपालको वार्षिक सरदर पाँच लाख मेट्रिक टनको सम्पूर्ण माग पूर्ति गरिदिन सकिने आश्वासन पाइएको राजदूत शर्माले बताएका छन् ।

यसपालि कृषिमन्त्री यादवको भ्रमणका बेला भारतका रासायनिक मल व्यवस्थापनसम्बन्धी मन्त्री मनसुख माण्डवियासँग मल आपूर्तिको दीर्घकालीन योजनाबारे पनि छलफल भएको छ ।

 

कमेन्ट गर्नुहोस्