गुल्मीमा पत्नीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको मदाने गाउँपालिका–४ की २४ वर्षीय महिलाले आफ्नै पतिविरुद्ध शनिबार प्रहरीमा बलात्कारको जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालयले आरोपितलाई नियन्त्रणमा लिएको हो ।
ती महिलाको उजुरीका आधारमा पुरुषलाई पक्राउ गरी अनुसन्धान गरिरहेको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए । प्रहरीले पीडित र पीडक दुवैको नाम गोप्य राखेको छ ।
प्रहरीका अनुसार ती महिलाले आफ्नो पतिले डर–धाक, धम्की देखाई पटक पटक आफ्नो ईच्छा विपरीत यौन सम्पर्क गर्ने गरेको जाहेरीमा उल्लेख गरेकी छन् । उनको जाहेरीका आधारमा वैवाहिक जवर्जस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको डिएसपी खरेलले बताए ।
स्थानीयवासीका अनुसार उनीहरुको २०६८ सालमा विवाह भएको हो । सो दम्पतीका दुई सन्तान छन् ।
कमेन्ट गर्नुहोस्