मुगुमा पहिलो पटक सैनिक भर्ना परीक्षा

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/thumb.jpg-3.jpg 600w” sizes=”(max-width: 451px) 100vw, 451px” />
हिमाली जिल्ला मुगुमा पहिलो पटक नेपाली सेनामा भर्नाकाे परीक्षा भएकाे छ ।

रारा राष्ट्रिय निकुञ्‍जमा रहेको श्रीबक्स गुल्म र गमगढीस्थित नन्दबक्स गुल्मले पहिलाे पटक ५० सैनिक काेटाका लागि भर्ना परीक्षा लिएका हुन् । जसमा पाँच महिलासहित ५० सैनिक जवान काेटाका लागि भर्ना प्रक्रिया सुरु भएकाे हाे ।

५० काेटाका ५१  महिलासहित २ सय ८१ जनाको आवेदन परेको नन्दबक्स गुल्मका सेनानी प्रवेश लिम्बुले बताए ।  भर्ना हुन मुगुसहित हुम्ला, जुम्ला, बाजुरा, बर्दिया, दैलेख सुर्खेतबाट युवा पुगेका छन् ।

शारीरिक परीक्षण र प्रारम्भिक मेडिकल परीक्षण पश्चात लाेकसेवाले लिखित परीक्षा लिनेछ । परीक्षाका लागि आयोगसँग परामर्श भइरहेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

कमेन्ट गर्नुहोस्