त्रिभुवन विमानस्थलबाट सुनसहित तीन जना पक्राउ

Share:
arthasanjal.com/wp-content/uploads/2022/02/Pakrau_arthasanjal-1024×567.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/02/Pakrau_arthasanjal-768×425.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/02/Pakrau_arthasanjal.jpg 1112w” sizes=”(max-width: 500px) 100vw, 500px” />

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आएका तीन जना सुनसहित पक्राउ परेका छन् । जजिरा एअरलाईन्सबाट आज बिहान विमानस्थलमा उत्रिएका प्रकाश दनुवार, भुमाकुमार माझी र सरोज मोचीलाई विमानस्थलमा रहेको भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो ।

पाइन्टको भित्री भागमा लुकाएर उनीहरुले ल्याएका २६० ग्राम सुन बरामद गरिएको भन्सार कार्यालयले जनाएको छ । प्रारम्भिक बयानमा तीनै जनाले अन्य व्यक्तिले एक÷एकवटा पाइन्ट दिएको र नेपालमा ती पाइन्ट अन्य व्यक्तिलाई बुझाएपछि केही रकम दिने आशा देखाएको बताएका छन् ।

कमेन्ट गर्नुहोस्