तत्काल कृषकहरुलाई मल उपलब्ध गराउन सरकारलाई सभामुखको निर्देशन

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/samsad-agni-1024×521.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/samsad-agni-768×391.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/samsad-agni.jpg 1080w” sizes=”(max-width: 500px) 100vw, 500px” />

सभामुख अग्नि सापकोटाले तत्काल कृषकहरुलाई मल उलब्ध गराउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । अन्नबाली लगाउने मुख्य सिजनमा समेत मल अभाव भएको भन्दै उनले यो समस्या समाधानका लागि व्यवस्था मिलाउन सरकारलाई रुलिङ गरेका हुन् ।

प्रतिनिधिसभाको आजको शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले खेती लगाउने मुख्य सिमयमा पनि किसानले मल नभएको भन्दै त्यसतर्फ सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

कमेन्ट गर्नुहोस्