सितापाइलामा पाँचौं तलाबाट खसेर एक पुरूषको मृत्यु

Share:

काठमाडौंको सितापाइलामा घरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो पौने १ बजे नागार्जुन नगरपालिका-४ सितापाइला बस्ने ३७ वर्षीय जितेन्द्र श्रेष्ठको घरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

उनी आफ्नै घरको पाँचौं तलाबाट खसेको प्रहरी उपरीक्षक मैनालीले बताए । ट्यांकीमा पानी भर्न जानेक्रममा चिप्लेर खस्दा उनी घाइते भएका थिए । घाइते भएका उनलाई तत्कालै सितापाइलास्थित शुभेक्षा अस्पताल लगिएको थियो ।

त्यहाँ चिकित्सकले पौने १ बजे नै मृत घोषणा गरेको प्रहरी परिसरले जनाएको छ ।

कमेन्ट गर्नुहोस्