
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-आँबुखैरेनी सडकखण्डस्थित साँखरमा सडक भासिएको ठाउँमा एउटा शव फेला परेको छ ।
अविरल वर्षापछि गए राति करिब ३ बजेतिर यहाँ सडक भासिएको थियो । घटनास्थलमा रहेका आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ का सदस्य मनोज कुमारका अनुसार सडक भासिएको ठाउँमा एउटा शव फेला परेको छ ।
सडक भासिएको क्षेत्रमा कारको नम्बर प्लेट पनि फेला परेकोले कार पनि पहिरोमा परेको हुन सक्ने अनुमान छ ।
अहिले प्रहरीहरूले कारको खोजी जारी राखेका छन् ।
एक जना पुरूषको शव फेला परेको र शव कसको भन्ने नखुलेको बताइएकाे छ । पोखराबाट मुग्लिङतर्फ आउँदै गरेको कार पहिरोमा परेको हुन सक्ने अनुमान छ।
जिल्ला प्रहरी कार्यालय तनहुँले कार र मोटरसाइकल पहिरोमा परेको बताएकाे छ । मोटरसाइकल चालक भने सकुशल छन् । कार भने मर्स्याङ्दी नदीमा पुगेको थियो ।
‘कार पहिराले पुरिएको छ, माथिबाट हेर्दा अलिअलि मात्रै देखिएको छ । कारमा कति मान्छे थिए भन्ने खुलेको छैन । घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएका छन् ।