वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन गर्न सरकारकाे तयारी

Share:

वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन गर्न सरकारले तयारी थालेको छ ।

सरकारले १५ जेठमा ल्याएको बजेटको ३४१ नम्बर बुँदामा वीरगञ्ज चिनी कारखाना सञ्चालन सम्बन्धी विषय उल्लेख थियो । अर्थमन्त्री जनार्दन शर्माले शनिबार वीरगञ्जस्थित चिनी कारखानाको भ्रमण गरेका छन् ।

उनले यो कारखाना जुनसुकै हालतमा पनि सञ्चालनमा ल्याउने बताएका थिए । अर्थमन्त्री शर्माले शनिबार नै वीरगञ्जस्थित कृषि औजार कारखानाको समेत निरीक्षण गरेका छन् । यी दुवै कारखाना सञ्चालनमा ल्याउने सरकारको योजना छ ।

कमेन्ट गर्नुहोस्