हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयबाट पछि हट्यो सरकार

Share:

हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयबाट सरकार पछि हटेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य तथा जसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए ।

उनका अनुुसार दुई दिन बिदा दिने निर्णय फिर्ता भएको छ । यसअघि सरकारले परीक्षणकालका लागि भन्दै जेठ १ गतेदेखि दुई दिन बिदा दिने निर्णय गरेको थियो ।

हप्तामा दुई दिन बिदा दिँदा अदालतमा मुद्दाका चाङ बढ्ने र सरकारकारी कार्यालयहरुमा सर्वसाधारणले सास्ती खेप्नुपर्ने भन्दै सर्वोच्च अदालतमा रिटसमेत परेको अवस्थामा सरकारले निर्णय फिर्ता लिएको हो ।

कमेन्ट गर्नुहोस्