रोकिएन शेयर बजारको ओरालो यात्रा, आज पनि १३ अंकले घट्यो

Share:

साताको पहिलो कारोबारको दिन आज (सोमबार) शेयर बजार १२ दशमलव ९२ अंकले घटेको घटेको छ । आगामी आर्थिक वर्षको बजेट आएयता बजार निरन्तर ओरालो लागिरहेको छ । गत साताको कारोबारमा पनि सुरुवातदेखि नै ओरालो लागेको बजार परिसूचक साताभरमा १ सय ४५ अंकले घटेको थियो।

गत साताको कारोबारमा १४५ अंक घटेर २०७८ दशमलव ७० अंकमा रहेको बजार सोमबार करिव १३ अंकले घटेर २०६५ दशमलव ७८ अंकमा ओर्लिएको छ ।

सोमबार सेयर बजार परिसूचक शून्य दशमलव ६२ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीहरूको बजार मापक परिसूचक ३.१२ अंक अर्थात शून्य दशमलव ७७ प्रतिशतले घटेको छ । त्यस्तै फ्लोट ०.६८ अंक तथा सेन्सेटिभ फ्लोट ०.६१ अंकले घटेको छ। १३ अंकले बजार घट्दा सोमबार कारोबार भएका २ सय २८ कम्पनीमा ८७ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ९७ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।

बजार घट्दा आज १ अर्ब २७ करोड रूपैयाँ बराबरको कारोबार भएको छ । सोमबार २ सय २८ कम्पनीले कारोबार गर्दा सोमबार १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २ सय ७७ रूपैयाँको ४४ लाख ९ हजार ६ सय ९१ सेयर २५ हजार ९ सय ८ पटकमा खरिद विक्री भए ।

कमेन्ट गर्नुहोस्