मेस्सीले आफ्नो देशका लागि सबै पाँच गोल गरेपछि अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीले आइतबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इस्टोनियालाई ५–० ले हराएको छ ।
पेरिस सेन्ट जर्मेन (पिएसजी)का ३४ वर्षीय फरवार्डले आठौं मिनेटमा पेनाल्टीबाट सुरुवाती गोल गरेका थिए ।
त्यसपछि मेस्सीले ४५औं, ४७औँ, ७१औँ र ७६औँ मिनेटमा थप चार गोल गर्दै जित दिलाए ।
मैत्रीपूर्ण खेल स्पेनको पाम्प्लोनास्थित एल सदर स्टेडियममा भएको थियो ।
कमेन्ट गर्नुहोस्