भैरहवा बस दुर्घटनामा ९ जनाको मृत्यु, १५ जना गम्भीर घाइते

Share:

जनकपुरबाट भैरहवातर्फ आइरहेको यात्रुबहाक बस आइतवार बिहान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

लु २ ख ३८४१ नम्बरको बस हुलाकी राजमार्ग अन्तर्गत भैरहवा परासी सडक खण्ड अन्तर्गत रोहणी खोलामा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालयले दुर्घटनामा १ जना महिला सहित ९ जना यात्रुको मृत्यु भएको जानकारी दिएकाे छ । गाडी पुलको रेलिङ भाँचेर खोलामा खसेको हाे ।

दुर्घटनास्थलबाट ३३ जना यात्रुको उद्दार गरिएको थियो । घाइते यात्रुहरुको भैरहवास्थित भीम अस्पताल र युनिर्भसल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) मा उपचार भइरहेको छ ।

जेसीभीको माध्यमबाट दुर्घटनामा परेको बसलाई पल्टाएर यात्रुको उद्दार गरिएको थियो । मृत्यु भएकाका यात्रुहरुको पहिचान अहिलेसम्म खुल्न सकेको छैन । गम्भीर घाइते १५ जनाको उपचार भइरहेको छ । दुर्घटनामा गाडी चालक पनि घाइते छन् ।

कमेन्ट गर्नुहोस्