मनको लड्डु घिउसँग खाँदै माधव-प्रचण्ड

Share:

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) र नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल सम्मले आफूलाई प्रधानमन्त्रीको अफर आएको भन्दै भाषण गर्न थाले ।

प्रचण्ड र नेपालले कहाँबाट प्रधानमन्त्रीको अफर आएको भन्ने डिटेल नबताए पनि प्रधानमन्त्रीको अफर आयो भन्दै गफ चुटिरहेका छन् । दुवै जनाको भनाइको आशय प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट आयो भन्ने सुनिन्छ तर एमाले नेताहरुले भने प्रचण्ड र माधवको दाबीलाई हावादारी गफको संज्ञा दिएका छन् ।

स्थानीय निर्वाचनमा आएको परिणाम र त्यसपछि विकसित राजनीतिक घटनाक्रममा प्रचण्ड र नेपाल दुवैले आफूलाई प्रधानमन्त्रीको अफर आएको बताउँन थालेपछि आम चासो बढिरहेको थियो तर एमाले नेताहरुले उनीहरुको गफलाई हावादारी गफको संज्ञा दिए ।
कहिले एमालेलाई जसैगरि नेपाली कांग्रेसलाई पनि ठेगान लगाइदिने त कहिले प्रधानमन्त्रीको अफर आयो भन्ने जस्तो कुरा गरेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमान गठबन्धनलाई नै अझै कसिलो बनाउँन र प्रधानमन्त्री देउवासँग वार्गेनिङ गर्न मात्रै यस्ता कुरा गर्ने गरेको विश्लेषण भएको छ । नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले पनि प्रचण्डकै सिको गरेको बताइन्छ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल देखी प्रमुख सचेतक विशाल भट्टराई सम्मले तत्काल बाम एकता या प्रचण्ड, माधव नेपाललाई प्रधानमन्त्री बनाउँने कुरा विल्कुल असम्भव भएको बताएका छन् । बिष्णु पौडेलले त यो बिषय अहिले कल्पना पनि गर्न नसकिने प्रष्ट पारेका छन् ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमालेबाट प्रधानमन्त्रीको अफर आयो भन्ने प्रचण्ड र माधव नेपालको गफ पुरै हावादारी गफ भएको बताएका छन् । यता कांग्रेसका युवा नेता गुरुराज घिमिरेले पनि यस्तो कुरा हावादारी कुरानै भएको बताएका छन् ।

कांग्रेसगै गबठन्धन जारी राख्ने र जती सक्दो धेरै भाग सुरक्षित गर्नका लागि प्रचण्ड र माधव नेपालले एमालेबाट प्रधानमन्त्रीको अफर आएको कार्ड फाल्ने गरेको कुरामा धेरै नेताहरु सहमत देखिन्छन् । मनको लड्डु घिउसँग खाँदै प्रधानमन्त्रीको गफ दिएपनि उनीहरुको दाउ भने कताबाट धेरै भाग पाइन्छ भन्नेमा देखिएको बताइन्छ ।

कमेन्ट गर्नुहोस्