मेयर बालन साहद्वारा पदभार ग्रहण, नगरसभाको बैठक लाइभ गर्ने पहिलो निर्णय

Share:

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले पदभार ग्रहण गर्दै नगरसभाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । मेयर पदको सपथ लिएपछि पदभार ग्रहण गरेका साहले आफ्नो प्रतिवद्धताअनुसार निर्णय गरेका हुन् । नगरसभाको पहिलो बैठक आज (सोमबार) ४ बजे बोलाइएको छ ।

साथै काठमाडौँको फोहोर व्यवस्था नभएसम्म खादा–माला नलगाउने र खुसी नमनाउने उनको अडान छ । फोहोर व्यवस्थापन आफ्नो प्राथमिकता भएको भन्दै उनले भने, ‘हामीले गरेको पापको भोगी उहाँहरु (सिसडोलवासी) हुनु भएको छ । हाम्रो फोहोरले गर्दा उहाँहरु क्यान्सर पीडित हुनु भएको छ, छालाको रोग भएको छ । त्यत्रो मान्छेको ज्यान गइरहेको भएको छ । यो शोक मनाउने बेला हो ।’

उनले अघि भने, ‘फोहोर व्यवस्थापन नभएसम्म, सिसडोलवासी स्वच्छ वातावरणमा बस्ने अवस्था नभएसम्म, बाँच्न पाउने अधिकार नभएसम्म अरु नगर्ने भनेका छौं ।’ यसका लागि समय कति लाग्ला भन्ने प्रश्नमा उनले प्रतिप्रश्न गरे, ‘पत्रकारहरले हाम्रो कुरा बुझ्न कति लाग्ला ?’

बालेन साह ३१ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट प्रमुख प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई भारी मतान्तरले पराजित गर्दै देशकै राजधानीसमेत रहेको काठमाडौँको मेयरमा निर्वाचित भएका हुन् ।

कमेन्ट गर्नुहोस्