
तल्लो तथा माथिल्लो स्तरको थ्री–फेज लाइन लिनको लागि नेपाल विद्युत् प्राधिकरणलाई अनलाइनबाटै निवेदन दिन सकिने भएको छ । यसअघि आफ्नो नजिकको वितरण कार्यालयमा गएर निवेदन बुझाउनुपर्नेमा अब भने अनलाइनबाटै आवेदन दिन सकिने प्राधिकरणले जनाएको छ ।
यसको लागि प्राधिकरणको वेबसाइटमा गएर थ्री फेज अनलाइन आवेदन मोड्युलमा क्लिक गरी आवश्यक विवरण भरेर निवेदन दिन सकिने प्राधिकरणले जनाएको छ । घर वा व्यवसायिक भवनमा धेरै विद्युत् खपत् गर्ने अवस्थामा थ्री फेज लाइन आवश्यक पर्छ ।
विद्युतीय सवारीको बिक्री बढेसँगै घरघरमा चार्जिङ स्टेशन राख्ने क्रम समेत बढेको छ । घरमा लिफ्ट प्रयोग गर्न, चार्जिङ स्टेशन जडानको लागि प्राधिकरणसँग थ्री फेज लाइन माग्ने ग्राहकको संख्या पनि बढेको छ ।
कमेन्ट गर्नुहोस्