भरतपुर महानगरपालिकामा रेणु दाहाल विजयी

Share:

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्तारुढ पाँचदलीय गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेतृ रेणु दाहाल विजयी भएकी छन् ।

अब गन्‍न बाँकी मतभन्दा बढीको मतान्तरसहित उनको अग्रता भएसँगै विजय निश्चित भएको हो ।

हालसम्म मेयरमा रेनुले ४६ हजार ९३५ मत पाएकी छन् । एमालेका विजय सुवेदीले ३५ हजार ५४६ र गठबन्धनका बागी जगन्‍नाथ पौडेलले १४ हजार २४१ मत ल्याइसकेका छन् ।

एमालेका सुवेदी रेनुभन्दा ११ हजार बढी मतले पछाडि परेका छन् । अब १० हजार मात्रै मतगणना गर्न बाँकी रहेकोले रेनुको विजय निश्चित भएको हो । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको विजय यसअघि नै निश्चित भइसकेको छ ।

मेयरमा रेनुको विजयसँगै उनका समर्थकहरुले बधाई दिँदा आलोचकहरुले भने देश दुर्घटनाबाट जोगिएको भन्दै प्रहार पनि गरेका छन् । चुनावी प्रचारका क्रममा भरतपुरमा आयोजित चुनावीसभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनमा गठबन्धनका उम्मेदवार विजयी नभए एमाले बलियो हुने र देश फेरि पनि दुर्घटनातर्फ जानसक्ने आशयसहितको भाषण गरेका थिए ।

प्रचण्डको उक्त भाषणलाई एमाले अध्यक्ष केपी ओली समेतले निशाना बनाएका थिए । अहिले रेनुको विजयसँगै देश दुर्घटनाबाट जोगियो भनेर प्रचण्ड र माओवादीका आलोचकले प्रहार गर्न थालेका हुन् ।

कमेन्ट गर्नुहोस्