एनआईसी एशिया लघुवित्तद्वारा ३ दिने जोखिम ब्यवस्थापन तालिम सम्पन्न

130
0
Share:

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ दिने एनआईसी एशिया डीएनए र कार्य सञ्चालन जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ ।

सल्लिबजार र चपरगौडि उप–प्रदेश कार्यालय अन्र्तगतका सम्पूर्ण कर्मचारीहरुको उपस्थितीमा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, प्रमुख व्यापार तथा कर्जा असुलि अधिकृत अर्जुन श्रेष्ठ र कार्य सञ्चालन प्रमुख अजित मोहन रंजितले प्रशिक्षण दिनुभएको थियो ।

उत्कृष्टताका लागी दृढ संकल्प भन्ने मुल नारासहित सञ्चालन भएको तीन दिने उक्त तालिम कार्यक्रममा हाल सम्मको लक्ष्यअनुसारको प्रगति, आगामी दिनहरुको लागि रणनीतिक योजनाहरु, जोखिम व्यवस्थापनका विविध पक्षहरु, भाखा नाघेका कर्जा व्यवस्थापन, गुण्स्तरीय कर्जा लगानी, बचत वृद्धि, हालको वित्तीय बजारमा रहेको तरलताको समस्याहरु, एन आई सी एशिया डि.न. ए लगाएतका विषयमा छलफल साथै प्रशिक्षण गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेले अहिलेको वित्तीय बजारको अवस्थालाई मध्य नजर गरी उच्च प्रतिफल सहित गुणस्तरीय सेवा प्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो । प्रशिक्षणकै क्रममा प्रमुख व्यपार तथा कर्जा असुली अधिकृत अर्जुन श्रेष्ठले कर्मचारीहरुलाई उपठ्यारो अवस्थामा उत्कृष्ट नतिजा ल्याउने गरी का मगर्ने योजना बनाउन सहज बनाउनै नै एन आई सी एशिया डि.न.ए भएको बताउनुभएको थियो ।

कमेन्ट गर्नुहोस्